वैशाख १९,२०८३ / ०२ : ५४ पूर्वान्ह / 2026-05-02 02:54 am
      • param ad
      • furniture
      • veera Incorporation

      समृद्धि र बिकासको अध्याय सुरु : ओली

      - ७ वर्ष अगाडि
      जेष्ठ २२,२०७५

      काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीले नेपालमा सम्पन्न तीनै चरणको निर्वाचनपछि नेपालको राजनीतिक संक्रमणकाल अन्त्य भएको बताएका छन् । 

      प्रारम्भिक बालविकासका लागि एसिया प्रशान्त क्षेत्रीय सञ्जालको बैठक उद्घाटन गदैै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले नेपालले समृद्धि र बिकासको अध्याय सुरु गरकाले अबको उदेश्य भनेको हालै स्थापित संघीय संरचनाको दीगो बिकासतर्फ मुलुकलाई लैजानु पर्ने बताए । 

      गुणस्तरीय शिक्षामा जोड दिदै प्रधानमन्त्री ओलीले राज्यले शिक्षाका लागि वालबालिकालाई उच्च प्राथमिकतामा राख्दै बिद्यार्थी भर्ना अभियानलाई पुन सुरु गरिएको उल्लेख गरे ।  

      दुई दिने सम्मेलनमा अन्तराष्ट्रिय स्तरमा भएका प्रारम्भिक बालबिकासमा नया अनुसन्धान र प्रयोगबारे ज्ञान आदान प्रदान गर्ने , प्रारम्भिक बालबिकासका बिषयमा बिद्यमान नीतिहरुबारे छलफल हुने र प्रारम्भिक बालबालिकाका सरोकारवालाहरुबिच छलफल गरिने शिक्षा मन्त्रालयले जनाएको छ । 

      सम्मेलनमा ४० देशबाट ५ सय  बिदेशी र २ सय स्वदेशी गरी जम्मा सात सय सहभागी भएका छन् । 

        सम्बन्धित समाचारहरु