कामाडौं, साढे ५ किलो लागूऔषध अफिम सहित दाङमा तीन जनालाई पक्राउ गरेका छन् ।
प्रहरीको प्रदेश नं. ५ अनुसन्धान टोली र जिल्ला प्रहरी दाङको संयुक्त टोलीले घोराहीस्थित एकान्त होटल नजिकबाट अफिमसहित शक्तिराम वली, एलनकुमार रोकामगर र देवबहादुर वलीलाई पक्राउ गरेका हुन् । उनीहरुलाई अफिम बिक्री गर्न झोलामा बोकेर हिँडिरहेको अवस्थामा विशेष सुराकीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । त्यसैगरी दाङ प्रहरीले चालू आर्थिक वर्ष २०७४र७५ मा पक्राउ परेका र बरामद भएको लागूऔषधको तथ्यांक समेत सार्वजनिक गरेका छन् ।








