वैशाख १९,२०८३ / ०२ : ५४ पूर्वान्ह / 2026-05-02 02:54 am
      • param ad
      • furniture
      • veera Incorporation

      राजश्व सचिव शिशिर ढुंगानाले सुराकीको मुख थुनेपछि यसरी मौलायो सुन तस्कर

      - ७ वर्ष अगाडि
      जेष्ठ २२,२०७५

      काठमाण्डौ । नेपाल प्रहरी आँफैले सुन तस्कर वा अवैध सुन समातेको घट्ना विरलै छ । अधिकांश सुन सुराकीको सहयोगमा समातिने गर्छ । 

      केही वर्षअघिसम्म सुराक दिने व्यक्तिलाई बरामद सुनको कूल मूल्यको १५ प्रतिशत कमिसन दिइन्थ्यो । अहिले अवस्था त्यस्तो छैन । 

      सुराक दिने व्यक्तिलाई चुप लागेर बस्न बाध्य बनाइएको छ । 

      २०७० सालमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले ३५ किलो सुन बरामद गरेको थियो । उक्त ३५ किलो सुन पनि व्यूरोले सुराकीकै सहयोगमा समातेको थियो । 

      तर सिआइबीले वास्तविक सुराकीको नाम हटाएर नक्कली सुराकीको नाम राजश्व विभागमा बुझाएपछि वास्तविक सुराकीले न्यायका लागि लडाई नै लड्नुपर्यो । 

      सुराकी दिए बापत बरामद सुनको कूल मूल्यको १५ प्रतिशत कमिसन सुराकीलाई दिने नियम भएकाले उनीहरु जोखिम मोलेर भएपनि प्रहरीलाई सुराकी दिने गर्दथे । तर ३५ किलो सुन बरामदका लागि सहयोग गर्ने सुराकीलाई कमिसन रकम नदिनका लागि नक्कली सुराकीको नाम राखेर विभागमा पठाएपछि घट्नाले अर्कै मोड लियो । 

      वास्तविक सुराकीले आफूहरुलाई कमिसन रकम नदिनका लागि चलखेल गरिएको भन्दै यथार्थ घटना विवरणसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग र लेखा समितिमा उजुरी गरे । 

      उक्त उजुरीपछि त्यसबेलाका नेपाल प्रहरीका उच्च अधिकारीलाई नै अख्तियारले सोधपुछ गरेपछि वास्तविक सुराकी अगाडि सार्न बाध्य भएका थिए । 

      अन्ततः नक्कली सुराकीले नै वास्तविक सुराकको नाम उल्लेख गर्दै आफूहरु सुनको सुराक दिने व्यक्ति नभएको भनेर बयान दिएका थिए । प्रहरीले आफ्नै हातमा कमिसन पार्नका लागि आफ्ना मान्छेको नाम नै सुराकको सुचिमा समावेश गरेका थिए । 

      सुराक दिने व्यक्तिको लडाईले जित त हात पर्यो तर राजश्व विभागले फेरी आँखा गाड्यो । राजश्व विभागका तत्कालिन प्रबन्ध निर्देशक शिशिर ढुंगानाले सुराकी दिने व्यक्तिलाई १५ प्रतिशत कमिसन दिनुपर्ने भएपछि चलखेल गरे । 

      ३५ किलो सुनको मुल्यको १५ प्रतिशत करोडौँ रुपैयाँ हुनेभएपछि ढुंगानाले रातारात नियम परिवर्तन गरिदिए । 

      भन्सार नियमावली २०६४ लाई नै संशोधन गरे १५ प्रतिशतलाई घटाएर ५ प्रतिशत वा ५ लाख रुपैयाँमध्ये जुन थोरै हुन्छ त्यही दिने व्यवस्था ढुंगानाले गरे । ढुंगानाका अगुवाइमा भएको यही संशोधनपछि नै नेपालमा सुन तस्कर मौलाएको थियो । 

      अहिले पनि दैनिक ५० देखि ७० किलोसम्म सुन अवैध रुपमा नेपाल भित्रिने गरेको छ । 

      सचिवस्तरीय निर्णय भन्दै ढुंगानाले सुराकीर्ला निरुत्साहित र तस्करलाई उत्साहित पार्ने उक्त निर्णय ७१ साल माघ २९ गते गरेका थिए । सुनको त्यसबेलाको बजार मुल्यअनुसार ३५ किलो सुनको १५ प्रतिशत २ करोड १७ लाख हुन्थ्यो । त्यसमध्ये २५ प्रतिशत कर बुझाउँदा पनि सुराकी दिनेको हातमा एक करोड ६३ लाख पथ्र्यो । तर नियम संशोधन गरेर पाँच लाख मात्रै दिने बनाइयो । पाँच लाखको पनि २५ प्रतिशत कर तिर्नुपर्छ । 

      सुन तस्करबारे सुराकी दिने गरेका एक व्यक्तिले भने,्“नियम संशोधन भएपछि हामीले सुराकी दिनै छाड्यौँ । जोखिम मोलेर प्रहरीलाई सहयोग गर्ने अवस्था नै अन्त्य भयो । नियम संशोधन भएपछि नै नेपालमा दैनिक ७० किलोसम्म सुन अवैध रुपमा सहजै भित्रिने गरेको छ ।”

      नियम संशोधन गर्नुको रहस्य पनि उनले खुलाए । तस्करहरुबाट नै मोटो रकम लिएर सुराकी दिनेलाई पाखा लगाउनका लागि नियम संशोधन गरिएको उनले दाबी गरे । 

      सुराकी दिने यिनै व्यक्तिले यस विषयमा गृहमन्त्री रामबहादुर थापालाई पनि भेटेर यसबारे जानकारी दिएका रहेछन् । त्यसपछि नै गृहमन्त्री थापाले क्विन्टलका क्विन्टल सुन भित्रिने गरेको अभिव्यक्ति दिएको उनले बताए । 

      सुन सुराकी गर्नेलाई दिने गरिएको कमिसन प्रतिशत घटाइएपछि तस्करहरुले सहजै नेपालमा सुन भित्र्याउने गरेका छन् । तस्करको क्रियाकलाप थाहा पाए पनि गोप्य सुचना प्रहरी समक्ष आउन छाडेको छ । 

      अवैध सुनको सुराक दिने व्यक्तिलाई पहिलाको जस्तै १५ प्रतिशत कमिसन दिने व्यवस्था लागु गराउन सके तस्करी कम हुने थियो । तर भ्रष्ट र कमिसनका लागि राष्ट्रसेवक कर्मचारी नै तस्करको पक्षमा देखिएका छन् । 

        सम्बन्धित समाचारहरु