वैशाख १९,२०८३ / ०२ : ५४ पूर्वान्ह / 2026-05-02 02:54 am
      • param ad
      • furniture
      • veera Incorporation

      बाजुरामा भूकम्प, सुदुरपश्चिमका ६ जिल्ला हल्लियो

      - ७ वर्ष अगाडि
      जेष्ठ २२,२०७५

      काठमाण्डौ । मंगलबार बिहान बाजुरा जिल्ला केन्द्रविन्दु भएर ४ दशमलव ९ म्याग्निच्युटको भूकम्प गएको छ  । 

      राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरका अनुसार सुदूरपश्चिमका विभिन्न जिल्लाहरुमा भूकम्पको धक्का महसुश गरिएको छ । 

      भूकम्पको धक्का बाजुरासहित, अछाम, डोटी, बझाङ, डडेल्धुरा र दार्चुलामा पनि महसुश गरिएको थियो ।

      क्षतिको विवरण भने आएको छैन । मंगलबार बिहान ७ बजेर १९ मिनेट जाँदा भूकम्प गएको थियो ।

        सम्बन्धित समाचारहरु