वैशाख १९,२०८३ / ०१ : ३७ पूर्वान्ह / 2026-05-02 01:37 am
      • param ad
      • furniture
      • veera Incorporation

      डडेल्धुरामा जिप दुर्घटना हुंदा वडाध्यक्षसहित चारजनाको मृत्यु

      - ७ वर्ष अगाडि
      जेष्ठ १५,२०७५

      काठमाडौं, डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर–३, गजरौलमा मंगलबार एकुर्घटना भएको छ । उक्त जिप दुर्घटनामा परी वडाध्यक्षसहित चारजनाको मृत्यु भएको छ । 

      डोटीको दीपायलबाट बाँकेको कोहलपुरतर्फ गुडिरहेको शैलेश्वरी यातायातको से १ ज ३३० नम्बरको जिप दुर्घटनामा परी वडाध्यक्षसहित चारजनाको मृत्यु भएको हो । दुर्घटनामा परी डोटीको आदर्श गाउँपालिका वडा नम्बर–२ का वडाध्यक्ष प्रेमबहादुर बोहराको दुर्घटना स्थलमा नै मुत्यु भएको हो । 

      त्यसैगरी अन्य मृत्यु हुनेमा आदर्श गाउँपालिका–२ कै ३५ वर्षीय लालबहादुर बोहरा, सोही ठाउँकी १४ वर्षीया जानकी बोहरा र दीपायल–सिलगढी नगरपालिका वडा नम्बर–४ का विनोद रावल रहेका छन् । ११ जना यात्री सवार जिप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै र एकजनाको उपचारका लागि उपक्षेत्रीय अस्पताल डडेल्धुरा ल्याउनेक्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

      दुर्घटनामा अन्य ७ जना घाइते भएका छन् । घाइते हुनेमा जिपका चालक विष्णु बिक, कृष्णकुमार यादव, विनोद बोहरा, बिस्ना बोहरा, टेकबहादुर बोहरा र नरेश देउवा रहेका छन् । घाइतेमध्ये दुईजनालाई डोटी र पाँचजनालाई डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा उपचारका लागि लगिएको छ ।

        सम्बन्धित समाचारहरु