वैशाख १९,२०८३ / ०१ : ३७ पूर्वान्ह / 2026-05-02 01:37 am
      • param ad
      • furniture
      • veera Incorporation

      सरकारविरुद्ध स्पाइनल कर्ड इन्जुरी भएका व्यक्तिहरू आन्दोलित

      - ७ वर्ष अगाडि
      जेष्ठ १४,२०७५

      काठमाण्डौ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले स्पाइनल कर्ड इन्जुरी भएका व्यक्तिहरूलाई ५ हजार मासिक भत्ता दिने निर्णय गरेको थियो ।

      २०७४ पुस १३ गतेको मन्त्री परिषद्को बैठकले गम्भीर प्रकारका रोग मानिने इस्पाइनल कर्ड इन्जुरी, डाइलासिस गराइरहेका मृगौला रोगी र क्यान्सरका रोगीलाई यस्तो भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो ।

      तर प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको अहिलेको सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा सो भत्ताका बारेमा उल्लेख गरेका छैन । ओली सरकारले रकम वितरणका लागि मापदण्ड नभएको भन्दै हाललाई रोक्ने निर्णय गरेको थियो ।

      यही कुराले स्पाइनल कर्ड इन्जुरी भएका व्यक्तिहरू आन्दोलित बनेका छन् ।

      स्पाइनल कर्ड इन्जुरी भएका व्यक्तिहरू सरकारले जीवन निर्वाह भत्ता रोकेको भन्दै प्रधानमन्त्री कार्यालय गेट नजिकै बालुवाटारमा धर्ना दिएका छन् । आइतबार माइतीघर मण्डलामा पर्दशन गरेका उनीहरू सरकारले माग सम्बोधन नगरेको भन्दै आज प्रधानमन्त्री निवास घेर्न बालुवाटार पुगेका थिए ।

      बालुवाटारमा उनीहरूले ’अपांगता एन कार्यान्वयन गर’, ’जीविकोपार्जन भत्ता लागू गर’ भन्दै नारा लगाएका थिए ।

      आर्थिक वर्ष २०७५र०७६ को बजेटमा जीविकोपार्जन भत्ताको लागि रकम छुट्याउन दबाब दिँदै उनीहरू आन्दोलित भएका हुन् ।

      यसअघि उनीहरूले प्रधानमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयलाई यस बारेमा ध्यानाकर्षण गराएका थिए । आन्दोलनको पहिलो दिन उनीहरूले जोरपाटीमा जुलुस निकालेका थिए ।

      दोस्रो दिन माइतीघर मण्डलामा धर्ना दिएका उनीहरूले आज बालुवाटारमा धर्ना दिएका हुन् । सरकारले माग सम्बोधन नगरे थप आन्दोलन गर्ने उनीहरूले चेतावनी दिएका छन् ।

        सम्बन्धित समाचारहरु