वैशाख १९,२०८३ / ०१ : ४१ पूर्वान्ह / 2026-05-02 01:41 am
      • param ad
      • furniture
      • veera Incorporation

      बालकृष्ण ढुङ्गेलको कैद मिनाहा गर्न लागिएको भन्दै विरोध

      - ७ वर्ष अगाडि
      जेष्ठ १४,२०७५

      जेठ १४, काठमाण्डौ । द्वन्द्वकालीन मुद्धामा सर्वस्वसहित जन्मकैदको सजाय भुक्तान गरिरहेका बालकृष्ण ढुंगेलको कैद मिनाह गर्ने तयारी भइरहँदा सरकारको सर्वत्र विरोध भएको छ । 

      कैद मिनाहा नगर्न माग गर्दै अधिकारकर्मी तथा द्वन्द्वपीडितहरुले आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रर्दशन गरेका छन् ।

      सरकारले गणतन्त्र दिवसको अवसर पारेर ८४० कैदीको बाँकी कैद मिनाह गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ । कैद मिनाह पाउने यो सूचीमा ढुंगेल पनि रहेको भन्दै द्वन्द्वपीडितहरुले विरोध गर्दै आएका छन् ।

      ढुंगेललाई सरकारले आम माफी दिए न्यायको खोजीमा अन्तर्राष्ट्रिय अदालत जान आफूहरु बाध्य हुने द्वन्द्वपीडितले चेतावनी दिएका छन् ।

      द्वन्द्वकालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या गरेको प्रमाणको आधारमा ढुंगेल सर्वोच्च अदालतको आदेश अनुसार सर्वस्वसहित जन्मकैदको सजाय भुक्तान गरिरहेका छन ।

        सम्बन्धित समाचारहरु