काठमाडौं, गृहमन्त्री रामबहादुर थापाले गुण्डा, तस्कर र अपराधिक गतिविधिमा संलग्न हुने व्यक्तिहरुको दिनगन्ती सुरु भएको बताएका छन् ।
चन्द्रागिरि नगरपालिका(२ लाई वाइफाई फ्री वडा घोषणा गर्दै गृहमन्त्री बादलले देशमा अराजकता, दण्डहीनता, भ्रष्टाचार, लागूऔषध तस्करी, गुण्डागर्दी समाजका लागि विष भएको भन्दै ति विषहरुको दिनगन्ती सुरु भएको बताएका हुन् । सिण्डिकेट र आर्थिक अनियमितताको अन्त्य गरी सुशासन कायम नगरेसम्म विकास नहुने भन्दै गृहमन्त्री थापाले भ्रष्टाचार र अनियमितता गर्नेलाई नछोड्ने चेतावनी समेत दिए ।
अािर्थक क्रान्ति, सांस्कृतिक क्रान्ति गर्ने बेला आएको छ । दलाली तन्त्र र सिण्डकेटलाई अन्त्य नगरेसम्म विकास सम्भव नभएको गृहमन्त्री बादलले वताए ।
अर्काे फरक प्रशंगमा मन्त्री थापाले काममा आलटाल गर्ने ठेकेदारलाई सरकारले कारवाही अघि बनाइसकेको समेत बताए ।








