वैशाख १९,२०८३ / ०१ : ३८ पूर्वान्ह / 2026-05-02 01:38 am
      • param ad
      • furniture
      • veera Incorporation

      काठमाण्डौमा मोनोरेलको सपना पूरा हुँदै, चिनियाँ कम्पनीले सम्भाब्यता अध्ययन गर्ने

      - ७ वर्ष अगाडि
      जेष्ठ ११,२०७५

      काठमाण्डौ । काठमाडौंमा मोनोरेल सञ्चालन गर्न चिनियाँ कम्पनीले सम्भाब्यता अध्ययन गर्ने भएको छ ।

      शुक्रबार एक कार्यक्रमकाबीच चिनियाँ कम्पनी चाइना रेल्वे कन्स्ट्रक्सन कर्पोरेशन (सीआरसीसी) र काठमाडौं महानगरपालिकाबीच यसका लागि द्विपक्षीय समझदारी (एमओयू) भएको हो ।

      एक कार्यक्रमका बीच को चक्रपथमा मोनोरेलको सम्भाव्यता अध्ययन गर्ने सम्बन्धी समझादीपत्रमा हस्ताक्षर भएको छ । सीआरसीसीलाई अबको ७ महिनाभित्र सम्भाव्यता अध्ययन गरिसक्ने गरी जिम्मा दिइएको हो ।

      काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य र कर्पोरेशनका महाप्रवन्धक लि होङ्गकीले सम्भाब्यता अध्ययन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरे ।

      महानगरले मोनोरेल सञ्चालन सम्बन्धी प्रकाशन गरेको आशयपत्रमा रेलवे ग्रुपले वैशाख २० गते महानगरमा इच्छापत्र बुझाएको थियो । यसका आधारमा महानगरको वैशाख २४ गतेको प्रमुखस्तरीय निर्णयबाट शुक्रबार रेल वे कम्पनीसँग सम्झौता गरिएको हो ।

      सम्झौताअनुसार कम्पनीले चक्रपथमा मोनोरेल चलाउन आर्थिक, प्राविधिक तथा दिगोपना जस्ता पक्षमा अध्ययन गर्ने तथा प्राप्त सम्भावनाका उपयुक्त विकल्पहरु सिफारिस गर्नेछ ।

      ‘मोनोरेल चलाउँछौं भनेकै एक बर्ष भइसक्यो । विधि मिलेपछि काम गर्ने बाटो खुल्छ । काम थालनी भएपछि रेल सञ्चालन हुन समय लाग्दैन, हामी त्यही दिशामा लक्षित छौं,’ कार्यक्रममा मेयर शाक्यले भने ।

      कार्यक्रममा ललितपुर महानगरका प्रमुख चिरीवाबु महर्जनले महानगरबासीलाई सरल जीवनयापन गर्ने सुविधाका लागि मोनोरेल सुन्दर उपहार हुने बताए ।

      अहिलेको चक्रपथमध्ये १० किलोमिटर खण्ड आफ्नो महानगर क्षत्रमा पर्ने जनाउँदै मेयर महर्जनले यस क्षेत्रमा काम गर्न आवश्यक वातावरण तयार पार्न तत्पर रहेको बताए ।

        सम्बन्धित समाचारहरु