वैशाख १९,२०८३ / ०१ : ३९ पूर्वान्ह / 2026-05-02 01:39 am
      • param ad
      • furniture
      • veera Incorporation

      कालीगण्डकी नदीमा नुहाउने क्रममा दुई स्थानीय युवा वेपत्ता

      - ७ वर्ष अगाडि
      जेष्ठ ११,२०७५

      काठमाडौं, विहिवार कालीगण्डकी नदीमा दुई स्थानीय युवा नुहाउने क्रममा वेपत्ता भएका छन् । 

      बेपत्ता हुनेमा बगनासकाली गाउँपालिका ६ यम्घाका २५ वर्षीय गोविन्द्र परियार र २४ वर्षीय चन्द्रबहादुर परियार रहेका छन् । 

      उनीहरु बिहीबार नुहाउने क्रममा बगनासकाली गाउँपालिका–६, यम्घा नजिकैको कालीगण्डकीमा बेपत्ता भएको प्रहरी नायब उपरीक्षक घिमिरेले जानकारी दिए । त्यसै गरी जीवीत उद्धार गरीएको सोही स्थानका २२ वर्षीय विजय परियार र १८ वर्षीय सागर परियार रहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

      घिमिरेका अनुसार कूलपूजा सकेर नुहाउन गएका चारजनामध्ये दुईजना बेपत्ता भएको र दुईजनाको नदीबाटै उद्धार गरिएको जनाएको छ । 

      उद्धार गरिएका दुई युवकको अवस्था मध्यम रहेको र उनीहरुलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज, प्रभासमा लगिएको प्रहरीले जनाएको छ । 

      बेपत्ता भएका युवाको खोजी कार्य जारी रहेको जनाएको छ ।

        सम्बन्धित समाचारहरु