वैशाख १९,२०८३ / ०१ : ३९ पूर्वान्ह / 2026-05-02 01:39 am
      • param ad
      • furniture
      • veera Incorporation

      नीति-कार्यक्रम संविधान र संघियता विरोधी :डा. भट्टराई

      - ७ वर्ष अगाडि
      जेष्ठ १०,२०७५

      काठमाण्डौ । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले सरकारले संघीयताको मर्मअनुसार नीति र कार्यक्रम नल्याएको आरोप लगाएका छन् ।

      सरकारको नीति तथा कार्यक्रम विविधता भनिएपनि बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक भन्ने शब्द नै प्रयोग नभएको उल्ल्ेख गर्दै भट्टराईले अहिलेको सरकार संघीयताबाट पछाडि फर्कन खोजेको आशका गरे ।

      नीति तथा कार्यक्रममाथि छलफलमा बिहीबार भाग लिँदै डा. भट्टराईले संघीयताको बुझाइमा समस्या देखिएको बताए । उनले प्रधानमन्त्रीलाई प्रश्न गरेका छन्न ‘ध्यान नपुर्याउनु भएको कि जानीबुझी संविधानको मर्म्विपरित गर्नु भएको हो ?’

      सरकारको नीति तथा कार्यक्रममा संविधानमा नै उल्लेख गरेको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक राज्य भन्ने शब्द परेको छैन । संघीय लोकतान्त्रिक गणतन्त्र पनि भनिएको छैन ।

      नीति तथा कार्यक्रममा ‘विविधता कुनै थिचोमिचो र आक्रमणको परीणाम होइन, सभ्यता, भाषा, संस्कृति, विकास एवं राष्ट्र निर्माण प्रक्रियामा हाम्रो भूगोल, इतिहास र विकासक्रमले दिएको यथार्थ हो’ भनिएको छ । नयाँ शक्तिका नेता डा. भट्टराईले भने, ‘यो संविधानको मर्म र भावना विपरित छ ।’

      तीन समुदायले इतिहासको कालखण्डमा राज्य गरेको तर, पछिल्लो २०० वर्ष खसहरुको राज्य चलेकाले उनीहरु अगाडि आएको भन्दै उनले सबै उस्तै हुन्, पछाडि पारिएको होइन भन्न नमिल्ने बताए ।

      उनले नीति तथा कार्यक्रममा संविधान संशोधन छुटेकोमा पनि असन्तुष्टि जनाएका छन् ।

        सम्बन्धित समाचारहरु