वैशाख १९,२०८३ / ०१ : ५१ पूर्वान्ह / 2026-05-02 01:51 am
      • param ad
      • furniture
      • veera Incorporation

      नीति र कार्यक्रमप्रति मन्त्री खनालको असन्तुष्टी

      - ७ वर्ष अगाडि
      जेष्ठ १०,२०७५

      जेठ १०, काठमाण्डौ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले भूमि र कृषि सम्बन्धमा नीति तथा कार्यक्रममा पर्याप्त योजना नभएको बताएका छन् ।

      नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गदै मन्त्री खनालले मन्त्रालयबाट आफूले ठोस योजनाका बुँदाहरु दिएको भए पनि समावेश नगरिएको अरोप लगाए ।

      “जमिनको समस्याका बारेमा राम्रोसँग उल्लेख गरिएको छैन । जमिनलाई यथास्थितमा राख्न सक्दैनौँ । जनताहरुले पनि विभिन्न माग राखिरहेका छन् । भू उपयोग नीति कसरी लागु गर्ने भन्ने विषयमा नीति र कार्यक्रम मौन छ ।” खनालले भने ।

      जमिनका बारेमा कम्तिमा दुईवटा बुँदा हुनुपर्नेमा नभएको उनको गुनासो छ ।

      कृषिसम्बन्धमा भने केही योजनाहरु राखिएको उनले बताए । कृषिलाई निर्यातमुखी र आत्मनिर्भर बनाउनका लागि केही प्रयास गरिएको उनको भनाई छ । यद्यपी कृषि पेशालाई आधुनिकीकरण गर्नका लागि ठोस कदम चाल्नुपर्ने मन्त्री खनालले बताए ।

        सम्बन्धित समाचारहरु