वैशाख १९,२०८३ / १२ : १८ पूर्वान्ह / 2026-05-02 12:18 am
      • param ad
      • furniture
      • veera Incorporation

      फर्निचर कारखानामा आगलागी

      - ८ वर्ष अगाडि
      चैत १७,२०७४
      भक्तपुर, भक्तपुर नगरपालिका–९, कमलविनायक टुमुचोस्थित फर्निचर कारखानामा आज दिउँसो आगलागी हुँदा रु १० लाख बराबरको क्षति भएको छ । 

      स्थानीय जयराम भैनात्वको फर्निचर कारखानामा विद्युत चुवाहट भई आगलागी भएको सञ्चालकका भाई कृष्णराम भैनात्वले बताउनुभयो । 

      आगलागीबाट काठ चिर्ने मेसिन तीन थान, तयारी पलङ ३० वटा, करिब ३५ हजार नगद, काठ, प्लाई, बनाउँदै गरेका दराज, रङ लगायतका सामान जलेर नष्ट हुँदा सो बराबरको क्षति भएको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो !

        सम्बन्धित समाचारहरु