वैशाख १९,२०८३ / १२ : २२ पूर्वान्ह / 2026-05-02 12:22 am
      • param ad
      • furniture
      • veera Incorporation

      नेपाल नेदरल्याण्डसँग पराजित

      - ८ वर्ष अगाडि
      चैत ३,२०७४

      काठमाडौं– जिम्बाव्बेमा जारी विश्वकप क्रिकेट छनोटअन्तर्गत ७ औं स्थानका लागि भएको खेलमा नेपाल नेदरल्याण्डसँग पराजित भएको छ।

      स्थानीय क्वेक्वे खेल मैदानमा नेदरल्याण्डसले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै १८९ रन बनायो। जवाफी व्याटिङ गरेको नेपाल ४४ ओभरमा सबै विकेट गुमाउँदै १४४ रनमा समेटियो।

      नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३६ रन बनाए। ५३ बल खेलेका उनले ३ चौका र १ छक्का प्रहार गरे। दीपेन्द्र सिंह ऐरीले २५ रन बनाए। ३८ बल खेलेका उनले ३ चौका प्रहार गरे।

      कप्तान पारस खड्का २२ रनमा आउट भए। ३७ बल खेलेका पारसले ३ चौका प्रहार गरे। करण केसी १३ रनमा आउट भए। २४ बल खेलेका करणले ३ चौका प्रहार गरे। अनिल शाह ३० बलमा ८ रनसहित आउट भए।

      अनिल शाह ८ रनमा आउट हुँदा उपकप्तान ज्ञानेन्द्र मल्ल ४ रनमा आउट भए। शक्ति गौचन र रोहित पौडेल शून्यमै आउट भए। सन्दिप लामिछाने १ चाैकासहित १४ रनमा आउट भए भने ललित राजवंशी २ रनमा अविजित रहे।

        सम्बन्धित समाचारहरु