काठमाडौं : आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको सातौं स्थानको लागि भइरहेको खेलमा नेदरल्यान्डले नेपाललाई १९० रनको लक्ष्य दिएको छ। नेदरल्यान्डले ९ विकेटको क्षतिमा १८९ रन बनाएको हो। नेदरल्यान्डले टस जितेर ब्याटिङ रोजेको थियो। नेपालका लागि सोमपाल कामीले ४ तथा ललित राजवंशी र सन्दीप लामिछानेले दुईदुई विकेट लिएका थिए। शक्ति गौचनले एक विकेट लिएका थिए। नेदरल्यान्डको सातौँ विकेट सन्दीप लामिछानेले लिएका थिए। उनले भान देर गुटेनलाई आउट गरेका थिए। आठौँ विकेट तथा व्यक्तिगत चौथो विकेटका रुपमा बस डे लिडेलाई सोमपाल कामीले ३९ रनमा पवेलियन फर्काए। नेपालले सुरुवाती चरणमा छिटोछिटो विकेट लिएपनि पछिल्लो समयमा नेदरल्यान्डका ब्याट्सम्यानले टिकेर खेलेका थिए। छैटौँ विकेट लिनेक्रममा नेपालका ललित राजवंशीले व्यक्तिगत दोस्रो विकेट लिए। नेदरल्यान्डका स्कट इडवार्ड २५ रनमा आउट भए। नेपाललाई पाचौँ सफलता पनि ललित राजवंशीले दिलाएका थिए। उनले भान देर मेर्विलाई २५ रनमा आउट गरेका थिए। नेपालको चौथो विकेट सन्दीप लामिछानेले लिए। उनले म्याक्स वडउडलाई २८ रनमा पवेलियन फर्काए। नेदरल्यान्डले ४८ रनमा चौथो विकेट गुमाएको हो। नेदरल्यान्डका ३वटै विकेट सोमपाल कामीले लिएका हुन्। उनले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिएका हुन्। उनले यो समाचार तयार पार्दासम्म ११ रन मात्र दिएका छन् भने ६ ओभर बलिङ गरेका छन्। तेस्रो विकेट लिनेक्रममा नेदरल्यान्डका पेटर बोरेनलाई ७ रनमा सन्दीप लामिछानेबाट क्याच गराएका हुन्। शून्य रनमा पहिलो विकेट गुमाएको नेदरल्यान्डले ६ रन जोड्का दोस्रो विकेट गुमाएको हो। दुवै विकेट सोमपाल कामीले लिउका हुन्। सोमपालले आफ्नो ओभरको बलिङमा शून्य रन दिएर २ विकेट लिएका हुन्। दोस्रो विकेटका रुपमा बेन कुपरलाई पारस खड्काबाट क्याच आउट गराएका उनले २ ओभर बलिङ गर्दा २ विकेट लिएका छन्। रन भने दिएका छैनन्। नेदरल्यान्डले शून्य रनमा झट्का बेहोरेको हो। सोमपाल कामीले तेस्रो बलमा विस्ली वारेसीलाई ज्ञानेन्द्रको हातबाट क्याच गराएर पवेलियन फर्काएका छन्। कामीले पहिलो ओभरमा रन नदिइ विकेट लिएका छन्। जिम्बाबेको क्वेक्वेस्थित क्वेक्वे स्पोर्ट्स क्लबको मैदानमा हुँदैछ। यो खेलमा नेपालले झन्डै दुई वर्षपछि नेदरल्याण्डविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो। बलियो प्रतिद्वन्द्वी मानिएको पपुवा न्यूगिनीलाई बिहीबार ६ विकेटले पराजित गर्दै एकदिवसीय मान्यता प्राप्त गरेको नेपाल सोही लयलाई निरन्तरता दिँदै बलियो प्रतिद्वन्द्वी नेदरल्याण्डलाई हराउने ध्येयमा रहेको छ। नेदरल्याण्ड स्वभाविक रूपमा 'सुपर सिक्स'मा दाबेदार टिमका रुपमा रहेको थियो। दुई वर्ष लामो विश्व त्रिकेट लिग च्याम्पियनसिपका दौरान शीर्ष स्थानमा रहँदै एकदिवसीय मान्यता पाउँदै सोझै विश्वकप छनोटमा स्थान बनाउन सफल नेदरल्याण्डका लागि विश्वकप छनोट भने दुर्भाग्यपूर्ण रह्यो। नेदरल्याण्डलाई पछि पार्दै यूएई सुपर सिक्समा पुग्दा नेदरल्याण्ड भने विश्वकप छनोटबाट बाहिरियो। तर नेदरल्याण्डले सातौं प्लेअफ भिडन्तका लागि भएको पहिलो प्लेअफमा हङकङलाई पराजित गर्दै नेपाललाई एकदिवसीय मान्यतामा पुर्याउन निर्णायक योगदान दिँदा यी दुईबीच प्रतिष्ठाका रूपमा रहेको खेलमा प्रतिस्पर्धात्मक हुनेछ। जित्ने टिमले आफूलाई सातौं स्थानमा उभ्याउनेछ।
नेदरल्याण्ड्सले नेपाललाई दियो १९० रनको लक्ष्य
चिनारी पोस्ट - ८ वर्ष अगाडि
चैत ३,२०७४
सम्बन्धित समाचारहरु
सरकारका ’करोडपति’ मन्त्रीहरू : कसको घरमा कति सुन ? कसले पाल्छन् कुखुरा र कुकुर ? (भिडियोसहित)
नेपालको राजनीतिमा सधैँ एउटा प्रश्न उठ्ने गर्छ— ’नेताहरू राजनीतिमा आउनुअघि कस्ता थिए र सत्तामा पुगेपछि ...
नेपालको राजनीतिमा सधैँ एउटा प्रश्न उठ्ने गर्छ— ’नेताहरू राजनीतिमा आउनुअघि कस्ता थिए र सत्तामा पुगेपछि ...
खप्तडी बस्नेत बन्धु कुल सेवा समाजका मूल धामी भक्तबहादुर बस्नेतको निधन
खप्तडी बस्नेत बन्धु कुल सेवा समाज रतुवामाईका आजीवन सदस्य तथा कुल मन्दिरका मूल धामी भक्तबहादुर ...
खप्तडी बस्नेत बन्धु कुल सेवा समाज रतुवामाईका आजीवन सदस्य तथा कुल मन्दिरका मूल धामी भक्तबहादुर ...
राष्ट्रियसभा सदस्य निर्वाचन आज: सातै प्रदेशमा मतदान
राष्ट्रियसभामा आगामी २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८ पदका लागि आज देशभर निर्वाचन हुँदैछ । ...
राष्ट्रियसभामा आगामी २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८ पदका लागि आज देशभर निर्वाचन हुँदैछ । ...
सर्वोच्चदेखि सडकसम्म देउवा समूहको संघर्ष, पार्टी आधिकारिकताको मागमा माइतीघर प्रदर्शन
नेपाली कांग्रेसको आधिकारिकता गुमाएको शेरबहादुर देउवा समूहले सर्वोच्च अदालतसँगै सडकमा पनि एकसाथ दबाब बढाएको छ। ...
नेपाली कांग्रेसको आधिकारिकता गुमाएको शेरबहादुर देउवा समूहले सर्वोच्च अदालतसँगै सडकमा पनि एकसाथ दबाब बढाएको छ। ...
सातदशकपछि केशरबहादुर बुढाथोकीले लिए नागरिकता
साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका केशरबहादुर बुढाथोकीले सातदशकपछि नागरिकताको प्रमाणपत्र लिएका छन । ...
साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका केशरबहादुर बुढाथोकीले सातदशकपछि नागरिकताको प्रमाणपत्र लिएका छन । ...
स्टार्टअप ‘जिरो टु हिरो’ बाट चार उत्कृष्ट आइडिया छनोट
विराट एक्स्पोको अवसरमा सञ्चालन भइरहेको थिमेटिक सेसन अन्तर्गत ‘स्टार्टअप जिरो टु हिरो’ कार्यक्रमबाट चार उत्कृष्ट आइडिया ...
विराट एक्स्पोको अवसरमा सञ्चालन भइरहेको थिमेटिक सेसन अन्तर्गत ‘स्टार्टअप जिरो टु हिरो’ कार्यक्रमबाट चार उत्कृष्ट आइडिया ...
खस्किएको अर्थतन्त्रमा आशाको बजार : विराटनगरमा विराट ट्रेड एक्स्पो २०८२ को तयारी पूरा
देशको अर्थतन्त्र सुस्ताएको चर्चा चौतर्फी भइरहेका बेला उद्योग, व्यापार र उपभोक्ताबीच आशाको सेतु बन्न विराटनगर ...
देशको अर्थतन्त्र सुस्ताएको चर्चा चौतर्फी भइरहेका बेला उद्योग, व्यापार र उपभोक्ताबीच आशाको सेतु बन्न विराटनगर ...
एनपीएलको उद्घाटन खेलका सबै टिकट बिक्रि, टिकट नहुनेले घरमै बसेर खेल हेर्न अनुरोध
नेपाल प्रिमियर लिग ९एनपीएल०को भोलि हुने उद्घाटन खेलको सबै टिकट बिक्रि भएको छ । ...
नेपाल प्रिमियर लिग ९एनपीएल०को भोलि हुने उद्घाटन खेलको सबै टिकट बिक्रि भएको छ । ...
आज महागुरु फाल्गुनन्दको १४१औँ जयन्ती मनाइँदै
किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१ औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । ...
किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१ औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । ...
हेलिकप्टरमार्फत दोलखाको हिम पहिरोमा घाइते भएका ४ जनालाई काठमाडौँ ल्याइयो
हेलिकप्टरमार्फत दोलखाको हिम पहिरोमा घाइते भएका ४ जनालाई काठमाडौँ ल्याइएको छ । ...
हेलिकप्टरमार्फत दोलखाको हिम पहिरोमा घाइते भएका ४ जनालाई काठमाडौँ ल्याइएको छ । ...