वैशाख १९,२०८३ / १२ : १९ पूर्वान्ह / 2026-05-02 12:19 am
      • param ad
      • furniture
      • veera Incorporation

      दुर्घटनाग्रस्त जहाजभित्रै मृत्यु हुनेको संख्या ३१ पुग्यो अस्पतालमा ९ जनाको मृत्यु

      - ८ वर्ष अगाडि
      फागुन २८,२०७४

      युएस बंगलाको जहाज दुर्घटनामा परी ४० यात्रुको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

      नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपानेका अनुसार दुर्घटनाग्रस्त जहाजबाट ३१ जनाको शव निकालिएको छ।

      सिनामंगलस्थित केएमसी अस्पतालमा ल्याइएकामध्ये ८ जनाको ज्यान गएको छ भने त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको पुष्टि भएको नेउपानले जानकारी दिए।

      विमानमा चालक दलका सदस्यसहित ७१ यात्रु थिए।  तीमध्ये ३३ जना नेपाली थिए।  यात्रुमध्ये धेरै ब‌गलादेशमा एमबिबिएस पढ्न गएका विद्यार्थी  थिए। मृत्यु भएकामध्ये कति नेपाली थिए भन्ने पुष्टि भएको छैन।

      ब‌ंगलादेशको ढाकाबाट काठमाडौं आएको सो जहाज दिउँसो २ बजेर १८ मिनेट जाँदा अवतरण क्रममा दुर्घटनामा परी आगलागी भएको थियो।

      उद्दार कार्य नसकिएकाले विमानस्थल अनिश्चतकालका लागि बन्द गरिएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए।

        सम्बन्धित समाचारहरु