वैशाख १९,२०८३ / १२ : १८ पूर्वान्ह / 2026-05-02 12:18 am
      • param ad
      • furniture
      • veera Incorporation

      विमान दुर्घटनास्थल पुगे प्रधानमन्त्री, छानविन गर्ने प्रतिवद्धता

      - ८ वर्ष अगाडि
      फागुन २८,२०७४

      काठमाडौं : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भएको युएस बंगला विमान दुर्घटनाबारे बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली दुर्घटनास्थल पुगेका छन्।  ‌‌ओली दिउँसो ४ बजे दुर्घटनास्थल पुगेका उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। प्रधानमन्त्री ओली दुर्घटनामा घाइते भएकाको अवस्था बुझ्न उनीहरूको उपचार भइरहेका अस्पताल पनि जाने बताइएको छ। घाइतेहरूको सिनामंगलस्थित केएमसी अस्पताल, नयाँ बानेश्वरस्थित सिभिल अस्पताल र नर्भिक अस्पतालमा उपचार भइरहेको छ। त्यस्तै, रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल लगायत सरकारका उच्च पदस्थ अधिकारी विमानस्थल पुगेका छन्।  नेपालका लागि बंगलादेशकी राजदूत पनि दुर्घटनास्थल पुगेकी छन्।  बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि उडेको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको थियो।  विमानमा ४ चालकदलका सदस्यसहित ७१ जना रहेको बताइएको छ। विमानबाट १७ जना यात्रुको उद्दार गरिएको सुरक्षा निकाय र विमानस्थल स्रोतले जानकारी दिएको छ।

        सम्बन्धित समाचारहरु