वैशाख १९,२०८३ / १२ : १९ पूर्वान्ह / 2026-05-02 12:19 am
      • param ad
      • furniture
      • veera Incorporation

      प्रदेश नं ३ को स्थायी राजधानी हेटौडाबाट अन्यत्रै सार्नुपर्नेमा प्रदेश नं ३ का प्रतिनिधी तथा प्रदेश साँसदहरुले जोड

      - ८ वर्ष अगाडि
      फागुन २६,२०७४

      भक्तपुर, ४ फागुन । प्रदेश नं ३ को स्थायी राजधानी हेटौडाबाट अन्यत्रै सार्नुपर्नेमा प्रदेश नं ३ का प्रतिनिधी तथा प्रदेश साँसदहरुले जोड दिएका छन् । रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा सहभागी साँसदहरुले यस्तो जोड दिएका हुन । 

      यसअघिको काम चलाउ सरकारले जनताको भावना चाहना र भूगोलको अबस्थालाई मल्याङकन नगरीकनै हेटौडालाई हचुवाको भरमा अस्थायी राजधानी तोकेको उनीहरुले बताएका छन् । 

      प्रदेश नं ३ को भूगोललाई समेत निहाल्दा हेटौडा राजधानीका लागी उपयुक्त नभएको प्रतिनिधिसभा काभ्रेका साँसद गोकुल बास्कोटाले बताउनुभयो । उहाँले प्रदेश साँसदहरुको बहुमतले प्रदेशका नागरिकलाई पायक पर्ने स्थानमा राजधानी सार्नुपर्नेमा जोड दिनुभयो । 

      उहाँले सबैको पायकका लागी प्रदेश ३ को राजधानी काभ्रे नै उपयुक्त भएको दाबी गर्नुभयो । उहाँले मीनभवनको मन्त्री क्वाटरलाई भक्तपुर सारेर राजधानी काभ्रे बनाउँदा सबैभन्दा राम्रो हुने धारण राख्नुभयो । 

      हेटौडा कुनैपनि हालतमा राजधानी हुन नसक्ने भन्दै प्रतिनिधिसभा दोलखाका साँसद पाश्र्व गुरुङले पुर्व सिन्धुलीदेखि पश्चिम चितवनलाई मध्यनजर गरेर प्रदेशको राजधानी तोकिनुपर्ने भनाई राख्नुभयो । हेटाँैडामा अहिले स्थायी राजधानीका लागी खोलिएको बम्पर उपहार योजना लगत भएको भन्दै यस्तो कार्यले राजनीतिक भ्रष्टाचारलाई बढवा दिने उहाँको भनाई छ ।

      कामचलाउ सरकारको प्राविधिक टोलीले समेत भक्तपुर र बनेपा मध्ये एक स्थानलाई प्रदेशको स्थायी राजधानी राख्न सकिने उपयुक्त स्थानका रुपमा प्रस्तुत गरेता पनि सकारका केही मन्त्रीहरुको चलखेलले हेटौँडा लगिएको उहाँले बताउनु भयो । उहाँले प्रदशेसभामा यो बिषयले ऐजेन्डाका रुपमा उठान पाउन साथ ३ नं प्रदशको राजधानी भक्तपुर अथा काभ्रे हुने समेत बताउनु भयो । उहाँले भक्तपुरको सानो थिमि सबैको पाएक पर्ने स्थान भएको उल्लेख गर्दै यदी प्राबिधिक टोलीले काभ्रे चयन गरेमा त्यस्कते बिरोध समेत नगर्ने बताउनु भयो । 

      कार्यक्रममा दुइ जिल्ला बाहेक सबैकालागि अपाएक स्थानका रुपमा ३ नं प्रदेशको अस्थायी राजधानी रहेता पनि अव प्रदेश नं ३ सांसदहरुले भक्तपुर अथवा काभ्रेमै राजनधानी सार्ने बताएका छन् । 

        सम्बन्धित समाचारहरु