माघ २२,२०८२ / ०४ : १९ पूर्वान्ह / 2026-02-05 04:19 am
      • param ad
      • furniture
      • veera Incorporation

      खप्तडी बस्नेत बन्धु कुल सेवा समाजका मूल धामी भक्तबहादुर बस्नेतको निधन

      - एक हप्ता अगाडि
      माघ १३,२०८२

      मोरङ, खप्तडी बस्नेत बन्धु कुल सेवा समाज रतुवामाईका आजीवन सदस्य तथा कुल मन्दिरका मूल धामी ८७ बर्षिय भक्तबहादुर बस्नेतको असामयिक निधन भएको छ ।

      तेह्रथुममा जन्मिनुभएका बस्नेतको गत आइतबार राति ११ बजेर ४० मिनेटमा नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा निधन भएको हो । उहाँको निधनले खप्तडी बस्नेत बन्धु कुल सेवा समाज मात्र होइन, सम्पूर्ण बस्नेत समुदायलाई अपूरणीय क्षति पुगेको छ । संस्थाले यस दुःखद घडीमा गहिरो शोक व्यक्त गर्दै कुल गुरुको योगदान कहिल्यै नबिर्सिने बताएको छ ।

      खप्तडी बस्नेत बन्धु कुल सेवा समाजको कुल मन्दिरमा मूल धामीको रूपमा उहाँले वर्षौंसम्म कुलपूजा, संस्कार, परम्परा र धार्मिक विधिहरूलाई निरन्तरता दिनुभएको थियो । उहाँले धामीको भूमिकामा मात्र सीमित नभई मार्गदर्शक अग्रजका रूपमा युवापुस्तालाई कुलको इतिहास र मर्यादा सम्झाउने जीवित स्मृतिपुस्तक जस्तै रहनुभएको सोही संस्थाका संरक्षक तथा भतिज सिजुवा निवासी लाल बहादुर बस्नेतले बताउनुभयो । 

      उहाँले स्वर्गीय काकाको अन्त्येष्टि संस्कार २०८२ साल माघ १३ गते मंगलबार दिनको १२ बजे रतुवामाइ नगरपालिका–७, सिजुवास्थित विश्वनाथ परोपकार घाटमा गरिने समेत जानकारी दिनुभएको छ । यस्तै यस दुःखद घडीमा खप्तडी बस्नेत बन्धु कुल सेवा समाजले बन्धुबान्धव, नरनाता, कुल कुटुम्ब तथा इष्टमित्रहरूलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न उपस्थित हुन आग्रह गर्नुभएको छ ।


        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d