माघ २२,२०८२ / ०४ : १९ पूर्वान्ह / 2026-02-05 04:19 am
      • param ad
      • furniture
      • veera Incorporation

      राष्ट्रियसभा सदस्य निर्वाचन आज: सातै प्रदेशमा मतदान

      - एक हप्ता अगाडि
      माघ ११,२०८२

      काठमाडौं, राष्ट्रियसभामा आगामी २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८ पदका लागि आज देशभर निर्वाचन हुँदैछ । निर्वाचन आयोगका अनुसार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सातै प्रदेशमा मतदान हुने गरी सबै तयारी पूरा भइसकेको छ ।

      कुल १८ पदमध्ये कोशी प्रदेशको खस आर्य समूहअन्तर्गत एक पदमा निर्विरोध निर्वाचन भइसकेको छ भने बाँकी १७ पदका लागि आज मतदान हुन लागेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

      कोशी प्रदेशको खस आर्यतर्फबाट नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेका छन् । बाँकी पदका लागि हुने मतदानका लागि सातै प्रदेशमा मतदानस्थल तथा मतदान केन्द्र निर्धारण गरिएको छ ।

      निर्धारित केन्द्रअनुसार—

      • कोशी प्रदेश: प्रदेश निर्वाचन कार्यालय परिसर, विराटनगर (मोरङ)

      • मधेस प्रदेश: महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुर उपमहानगरपालिका–४ (धनुषा)

      • बागमती प्रदेश: भुटनदेवी माध्यमिक विद्यालय, हेटौँडा उपमहानगरपालिका–४ (मकवानपुर)

      निर्वाचन आयोगले मतदान प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्न आवश्यक सबै प्रबन्ध मिलाइसकेको जनाएको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d