फागुन १,२०८२ / ०६ : ५१ पूर्वान्ह / 2026-02-13 06:51 am
      • param ad
      • furniture
      • veera Incorporation

      सर्वोच्चदेखि सडकसम्म देउवा समूहको संघर्ष, पार्टी आधिकारिकताको मागमा माइतीघर प्रदर्शन

      - ३ हप्ता अगाडि
      माघ ४,२०८२

      काठमाडौं, नेपाली कांग्रेसको आधिकारिकता गुमाएको शेरबहादुर देउवा समूहले सर्वोच्च अदालतसँगै सडकमा पनि एकसाथ दबाब बढाएको छ। 

      पार्टी आधिकारिकताको माग गर्दै देउवा समूहले काठमाडौंको माइतीघरमा प्रदर्शन गरिरहेको छ। उनीहरूले संविधानको मर्ममाथि प्रहार गर्न नपाइने र लोकतन्त्र मास्ने कुनै पनि निर्णय स्वीकार्य नहुने भन्दै निर्वाचन आयोगको निर्णय खारेज र कार्यकारी आयुक्तको राजीनामाको माग गर्दै नाराबाजी गरेका छन्।

      सडक आन्दोलनसँगै कानुनी लडाइँलाई पनि निरन्तरता दिँदै देउवा समूहका नेताहरू सर्वोच्च अदालत पुगेका छन्। निर्वाचन आयोगको निर्णयविरुद्ध रिट दर्ता गर्न कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा नेताहरू अदालत पुगेका हुन्।

      सर्वोच्च अदालत र सडक आन्दोलन दुवै मोर्चाबाट पार्टी आधिकारिकताको खोजीमा देउवा समूह सक्रिय बनेको छ।

        सम्बन्धित समाचारहरु