वैशाख ७,२०८३ / ०९ : २२ पूर्वान्ह / 2026-04-20 09:22 am
      • param ad
      • furniture
      • veera Incorporation

      खस्किएको अर्थतन्त्रमा आशाको बजार : विराटनगरमा विराट ट्रेड एक्स्पो २०८२ को तयारी पूरा

      - ३ हप्ता अगाडि
      पौष ८,२०८२

      विराटनगर, देशको अर्थतन्त्र सुस्ताएको चर्चा चौतर्फी भइरहेका बेला उद्योग, व्यापार र उपभोक्ताबीच आशाको सेतु बन्न विराटनगर तयार हुँदैछ । त्यो हो मोरङ उद्योग व्यापार संघको आयोजनामा बुधबार अर्थात भोलिदेखि सुरु हुने विराट ट्रेड एक्स्पो २०८२ ।

       जहाँ व्यापार मात्र होइन, अर्थतन्त्रलाई गति दिने अपेक्षा पनि साटासाट हुनेछ । पुष ९ गतेदेखि विराटनगर–१ स्थित जिल्ला प्रहरी कार्यालय मोरङ छेउको खाली मैदानमा सुरु हुने एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी गराएको छ । 

      उक्त एक्स्पोको औपचारिक उद्घाटन संघीय सरकारका अर्थमन्त्री रामेश्वर प्रसाद खनाल ले गर्ने कार्यक्रम रहेको छ । यस वर्षको विराट ट्रेड एक्स्पोमा नेपालसहित भारत, बंगलादेश र पाकिस्तानका गरी २३० वटा स्टल राखिएको एक्स्पो संयोजक अमित सारडाले जानकारी गराएका टन् । औद्योगिक उत्पादनदेखि दैनिक उपभोग्य सामग्रीसम्म, चार देशका व्यापारिक उत्पादन एकै थलोमा अवलोकन र खरिद गर्न पाइनेछ । 

      कोशी प्रदेश, विराटनगर तथा छिमेकी भारतीय बजारका उपभोक्तालाई लक्षित गरी आयोजना गरिएको यो एक्स्पोले क्षेत्रीय व्यापारलाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ । यस वर्षको एक्स्पोको विशेष आकर्षणका रूपमा अस्ट्रेलियाको सिड्नीस्थित ओपेरा हाउसको डिस्प्ले र जलपरी  लाई मुख्य सेल्फी जोन बनाइएको छ । 

      साथै, एक्स्पो अवधिभर हरेक साँझ राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ । एक्स्पो करिब २ लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । यस अवधिमा २० देखि ३० करोड रुपैयाँसम्मको कारोबार हुने अनुमान गरिएको छ, जसले सुस्ताएको बजारमा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ ।


        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d