चैत १८,२०८२ / ०२ : १२ अपरान्ह / 2026-04-01 02:12 pm
      • param ad
      • furniture
      • veera Incorporation

      एनपीएलको उद्घाटन खेलका सबै टिकट बिक्रि, टिकट नहुनेले घरमै बसेर खेल हेर्न अनुरोध

      - २ हप्ता अगाडि
      कार्तिक ३०,२०८२

      काठमाण्डौ,  नेपाल प्रिमियर लिग ९एनपीएल०को भोलि हुने उद्घाटन खेलको सबै टिकट बिक्रि भएको छ । पहिलो खेलका लागि सबै टिकट बिक्रि भइसकेकाले टिकट नहुनेलाई घरमै बसेर खेल हेर्न क्यानका सचिव पारस खड्काले अनुरोध गरेका छन् ।

      सामाजिक सञ्जालमा भिडियो सन्देशमार्फत् टिकट उपलब्ध नभएका वा प्राप्त गर्न नसकेका दर्शकलाई रङ्गशालामा आएर हुलहुज्जत नगर्न पनि आग्रह गरेका छन् । साथै उनले टिकट नहुने दर्शकले घरमै बसेर खेल हेर्दै एनपीनएल क्रिकेटलाई समर्थन गर्ने आफूले अपेक्षा राखेका छन् ।

      एनपीएल एउटा ब्राण्ड बनिसकेकाले विश्वको ध्यान नेपाली क्रिकेटमा पर्ने हुँदा दर्शक तथा समर्थकलाई अनुशासित भएर खेल हर्न क्यानले अनुरोध गरेको छ । साथै आउँदा दिनमा विश्वस्तरका धेरै खेलाडीलाई बोलाएर नेपालमा खेल्ने वातावरण बनाउने सन्देश दिनुपर्नेमा क्यानका सचिव खड्काको जोड छ ।

      अहिले सिट सङ्ख्या निश्चित भएकाले क्यानले पहिलो खेलका लागि झन्डै आठ हजार टिकट बेच्न दिएको छ भने झन्डै दुई हजार टिकट खेलाडीका परिवार, प्रायोजक, आयोजकलगायतका लागि छुट्याइएको छ । यस्तै थप तीन हजार सिट पदाधिकारी, खेलसँग सम्बन्धित अधिकारी र पाहुनाका लागि छुट्याएको छ ।

      भोलिदेखि त्रिवि क्रिकेट रङ्गशालामा शुरु हुने दोस्रो संस्करणको एनपीएल क्रिकेटको सबै तयारी पूरा भएको छ । प्रतियोगितामा आठ टोलीबीच प्रतिस्पर्धा हुनेछ । उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ड्स र काठमाण्डु गोर्खाजले खेल्नेछन् । खेल दिउँसो चार बजे शुरु हुनेछ ।

        सम्बन्धित समाचारहरु