चैत १८,२०८२ / ०२ : २० अपरान्ह / 2026-04-01 02:20 pm
      • param ad
      • furniture
      • veera Incorporation

      आज महागुरु फाल्गुनन्दको १४१औँ जयन्ती मनाइँदै

      - २ हप्ता अगाडि
      कार्तिक २५,२०८२

      काठमाडौँ, किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१ औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

      विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किरात, भाषा, लिपि, संस्कार, संस्कृति एवम् समाज सुधारमा उनको महत्वपूर्ण योगदान छ । समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माणसमेत गरेका थिए । यसलाई सत्य धर्म मुचुल्का भनिन्छ । यो १९८८ साल वैशाख २४ गते जारी गरिएको थियो ।

      किरात समाज सुधारका लागि नीतिसमेत निर्माण गरी योगदान गरेका फाल्गुनन्दको विसं २००५ मा निधन भएको हो । किरात समाज सुधारमा उनले पु¥याएको योगदानको कदर गर्दै उनलाई २०६६ मङ्सिर १६ गते सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

      उनको योगदानको कदर गर्दै किराँती समुदायको बसोबास रहेको पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापालगायत किरात समुदायको बसोबास भएका जिल्लामा फाल्गुनन्द जयन्ती मनाउने गरिन्छ । राजधानीमा पनि विभिन्न कार्यक्रम गरी किरात समुदायले महागुरु फाल्गुनन्द जयन्ती मनाउने गरेको किरात ज्योतिष सङ्घका अध्यक्ष चन्द्रकुमार शेर्माले बताए ।


        सम्बन्धित समाचारहरु