काठमाडौं, हेलिकप्टरमार्फत दोलखाको हिम पहिरोमा घाइते भएका ४ जनालाई काठमाडौँ ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाका डीएसपी ज्ञानकुमार महतोले सोमबार रोल्वालिङ क्षेत्रमा गएको हिमपहिरोमा परेर चारजना विदेशी नागरिक मात्रै बेपत्ता भएको जानकारी दिएका छन्।
दोलखाको रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ रि हिमालको बेसक्याम्पनजिकै हिजो हिमपहिरो जाँदा दुई नेपाली र एक विदेशी नागरिकको मृत्यु भएको थियो। घटनालगत्तै स्थानीय प्रशासनले हिम पहिरोमा परेर आठ जना बेपत्ता भएको जानकारी दिएको थियो।
घटनास्थलमा अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धारको काम गरिरहेको उनले बताए।
प्रहरी र सेनाको उद्धार टोली हिजै घटनास्थलतिर गएको भए पनि आज बिहानबाट मात्रै उद्धारको काम सुरु भएको छ । हिम पहिरो गएको ठाउँमा सातजना नेपाली र सातजना विदेशी गरि जम्मा १४ जना मात्रै गएका खुलेको डीएसपी महतोको भनाई छ।








