माघ ६,२०८२ / ०३ : १० पूर्वान्ह / 2026-01-20 03:10 am
      • param ad
      • furniture
      • veera Incorporation

      १५ वर्षको संघर्षपछि सुकुमायाले पाइन् नागरिकता

      - ३ हप्ता अगाडि
      भाद्र ९,२०८२

      काठमाडौं, सानैे उमेरमै बेचबिखनमा परेर भारतको सर्कसमा काम गर्न पुगेकी सुकुमाया लामाले १५ वर्ष लामो संघर्षपछि नेपाली नागरिक भएकी छिन् । यतीबेला उनले नेपाली नागरीकता पाएपछि आँफू अत्यन्तै खुसी हुदै पहिचानविहीन सुकुमायाबाट अब नागरिक सुकुमाया भएको बताएकी छिन् ।

      ७ बर्षकै उमेरमा भारतको सर्कसमा पुगेकी सुकुमायाले मकवानपुर जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकता प्राप्त गरेकी हुन् । हेटौंडा उपमहानगरपालिका १० मा जन्मिएकी र बुबाआमा दुवै नेपाली नागरिकता भएकी सुकुमायाले विदेशीसँग विवाह गरेका कारण नागरिकता लिन लामो संघर्ष गर्नुपरेको हो ।

      भारतको सर्कसमा बस्दा उनले एक भारतीय पुरुषसँग विवाह गरिन् र सन्तान पनि भयो । तर, श्रीमानको मृत्यु भएसँगै सर्कस पनि बन्द भएपछि उनी उद्धार भई नेपाल आएकी थिइन् ।

      नेपाल फर्किएपछि उनलाई नागरिकता लिन धेरै समस्यासँग जुध्नु पर्यो । उनले विदेशीसँग विवाह गरेका कारण लैंगिक पूर्वाग्रही मानसिकताका आधारमा नागरिकता दिन अस्वीकार गरियो । यसरी संविधानले स्पष्ट व्यवस्था गरेको ‘बुबाआमा नेपाली भए सन्तान पनि नेपाली हुन्छ’ भन्ने अधिकारबाट उनी वञ्चित भइन् ।

      २०६९ सालमा महिला, कानुन र विकास मञ्च (एफडब्ल्यूएलडी) मार्फत अदालतमा मुद्दा हालेकी सुकुमायाको संघर्ष झन्डै १३ वर्षसम्म अदालतमै चल्यो । हालै मात्र संवैधानिक इजलास (प्रधानन्यायाधीशसहित पाँच न्यायाधीशको इजलास) ले मकवानपुर जिल्ला प्रशासन कार्यालयलाई परमादेश जारी गर्दै उनलाई नागरिकता दिन आदेश गरेको हो । त्यसैका आधारमा शुक्रबार उनले नागरिकता पाएकी हुन् ।

      उनी १५ वर्षभन्दा बढी समयदेखि यस संघर्षमा थिइन् । अदालतमै मात्र १३ वर्ष लड्दा थाकिसकेको अवस्थामा अन्ततः उनले न्याय पाएकी छिन् तर अझै उनले अब आफ्ना दुई छोरीको नागरिकता अधिकारका लागि लडाइँ जारी रहने उल्लेख गरेकी छन् ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d