फागुन १,२०८२ / ०६ : २६ पूर्वान्ह / 2026-02-13 06:26 am
      • param ad
      • furniture
      • veera Incorporation

      ‘वाक एण्ड एक्ट’ मार्फत काठमाडौं महानगरको लामखुट्टे अभियान सुरु

      - २ हप्ता अगाडि
      भाद्र ६,२०८२

      काठमाडौं, काठमाडौं महानगरपालिकाले डेंगु रोग नियन्त्रणका लागि आज एकदिने मेगा अभियान सञ्चालन गरेको छ । अभियान आज बिहान ८ बजे राष्ट्रिय सभागृहबाट सुरु भएके थियो । सो अभियानलाई ‘वाक एन्ड एक्ट’ नाम दिइएको छ ।

      यस अभियानको क्रममा लामखुट्टे बस्ने स्थानहरू नष्ट गर्ने, लामखुट्टेको टोकाइबाट जोगिने उपायबारे जानकारी दिन माइकिङ गर्ने लगायतका काम हुने महानगरपालिकाको स्वास्थ्य विभाग प्रमुख दिपक कुमार केसीले बताए ।

      महानगरपालिका अन्तर्गतका सबै वडामा एकसाथ, एकै समयमा ‘वाक एन्ड एक्ट’ मेगा अभियान सञ्चालन गरिएको हो ।

      यसअघि यस्तो अभियान महानगरपालिकाले हरेक हप्ताको शुक्रबार गर्दै आएको थियो ।

        सम्बन्धित समाचारहरु