जेष्ठ १,२०८३ / १२ : ५३ पूर्वान्ह / 2026-05-15 12:53 am
      • param ad
      • furniture
      • veera Incorporation

      तीज म्युजिक अवार्डमा उत्कृष्टताको सम्मान वितरण

      - ३ हप्ता अगाडि
      भाद्र ६,२०८२

      'म्युजिक खबर तीज म्युजिक अवार्ड' २०८२ मा २१ विधामा कलाकारहरूलाई सम्मान गरिएको छ। अभिनेत्री लक्ष्मी गिरीलाई ’विशिष्ट नारी सम्मान’ प्रदान गरिएको हो भने दीपाश्री निरौला, मन्जु थापा र हरिमाया गुरुङ ‘नारीरत्न सम्मान’ बाट सम्मानित भए ।

      सांसद रेखा यादव, चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डीसी, अवार्ड अध्यक्ष सविता पोखरेल र पत्रकार शान्तिप्रियले विभिन्न सम्मान हस्तान्तरण गरेका थिए ।

      कार्यक्रममा ‘छैन नि चोलिया’ गीतलाई सर्वोत्कृष्ट तीज गीत घोषित गरियो। संस्थाका अध्यक्ष सविता पोखरेलका अनुसार तीज गीत र संस्कृति प्रवद्र्धनका लागि चार वर्षदेखि शुभकामना मिडियाले यो अवार्ड आयोजना गर्दै आएको छ ।

      त्यसैगरी, मौलिक तीज गीत, म्यूजिक भिडियो महिला मोडल र पब्लिक च्वाइस लगातका विभिन्न विधामा पनि कलाकारहरूले अवार्ड प्राप्त गरेका थिए ।

        सम्बन्धित समाचारहरु