विराटनगर, विराटनगरमा चेकजाँचका क्रममा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटना विराटनगर महानगरपलिका– ४ को दुधफारम चोकमा भएको हो ।
दुर्घटनामा सुनसरीको बर्जु गाउँपालिका–६ का २८ वर्षीय पुष्पकुमार चौधरीको ज्यान गएको हो । घटना बुधबार राति करिब साढे ८ बजेको हो ।
विराटनगरबाट नेमुवातर्फ जाँदै गरेको प्रदेश १–०२–००१ क ५१८९ नम्बरको मिनी ट्रकलाई प्रहरीले जाँच गर्न खोज्दा सोही दिशाबाट आउदै गरेको प्रदेश १–०२–००४६ प ६४०१ नम्बरको मोटरसाइकल ट्रकको पछाडि ठोक्किएर दुर्घटना भएको थियो । तीव्र गतीमा आउँदै गरेको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रत्यक्षदर्शी बताउँछन् । घाइते चालक चौधरीको नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनापछि ट्रक चालक मोरङको बुढीगंगा गाउँपालिका–१ का ३१ वर्षीय सन्तोषकुमार आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ








