काठमाडौं, रौतहटको गौरबाट शसस्त्र प्रहरीले स्रोत नखुलेको दुई लाख ५० हजार रुपैयाँ नगदसहित राष्ट्रिय अनुसन्धानको पूर्वकर्मचारीलाई पक्राउ गरेको छ । मंगलबार दिउँसो राष्ट्रिय अनुसन्धान कार्यालयका पूर्वकर्मचारी जितेन्द्र राउतलाई गौर भन्सार कार्यालय अगाडीबाट पक्राउ गरेको हो ।
भारत देखि नेपालतर्फ बिआर ३० एल ६९४७ नम्बरको मोटरसाइकलमा आउँदै गर्दा गौर भन्सार रोडमा खटिएका सशस्त्र प्रहरीले चेकजाँच गर्ने क्रममा सो रकम फेला परेको हो । राउतले रकम टाउकोमा लगाएको हेलमेट भित्र लुकाएका थिए ।
बरामद भएको नगद सहित राउतलाई आवश्यक कारबाहीका लागी भन्सार कार्यालय, गौर पठाइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।








