मंसिर २,२०८२ / ०३ : ५२ अपरान्ह / 2025-11-18 03:52 pm
      • param ad
      • furniture
      • veera Incorporation

      झापाको फर्निचर पसलमा आगलागी

      - २ हप्ता अगाडि
      असार १६,२०८२

      काठमाडौं, झापाको अर्जनुधारा नगरपालिका ११ मा पर्ने बसपार्कस्थित खड्का फर्निचरमा आगलागी भएको छ । आगलागीबाट १२ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

      मोती बहादुर खड्काको टिनको घेराबेरा गरिएको एक तले घरमा सञ्चालन गरिएको फर्निचर पसलमा आगलागी भएको हो । आगलागीबाट काठ चिर्ने मेसिन र काठहरु पूर्णरुपमा जलेको छ ।

      प्रहरी सहायक निरीक्षक नोरजंग लामाको कमाण्डमा आगो लागेको जानकारी पाउनासाथ अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएका थिए ।  प्रहरी र स्थानीयले बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा राति करिब साढे १२ बजेतिर आगो निभाएका थिए ।

      आगलागीको कारण भने खुलेको छैन तर विद्युत् सट भएर आगो लागेका अनुमान भने गरिएको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d