असार ३१,२०८२ / ०७ : ४० अपरान्ह / 2025-07-15 07:40 pm
      • param ad
      • furniture
      • veera Incorporation

      भारतीय पक्षले महाकाली नदीको पुल बन्द गराए

      - ३ हप्ता अगाडि
      असार २,२०८२

      काठमाडौं, नेपाल–भारत सिमानामा पर्ने महाकाली नदी पुलको बाटो भारतीय पक्षले बन्द गरेको छ । महाकाली पुलको बाटो बन्द भएपछि नेपालको दार्चुला सदरमुकाम र भारतको धारचुला आउ–जाउ बन्द भएको छ ।

      एक जना भारतीय नागरिकको हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गर्न दबाब दिने उद्देश्यले महाकाली नदीको पुल बन्द गराएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताए । दिउँसो केही मिनेट बाटो खुले पनि अहिले फेरि बन्द भएको छ ।

      जुन ७ तारिखको दिन भारत धारचुलाका कमलेश दानुको चक्कु प्रहार गरी हत्या भएको थियो । उनको हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गरी कारबाहीको माग गर्दै गत शनिबार अनुवाल समुदायका अध्यक्ष गुमान सिंह विष्ट नेतृत्वको टोलीले पिथौरागढका उपजिल्ला अधिकारी मनजित सिंहलाई ज्ञापनपत्र बुझाएको थियो । साथै उनीहरुले धारचुला बन्द र नेपाल–भारत सीमा पुल बन्द गर्ने घोषणा गरेका थिए ।

        सम्बन्धित समाचारहरु