फागुन १,२०८२ / ०७ : २३ पूर्वान्ह / 2026-02-13 07:23 am
      • param ad
      • furniture
      • veera Incorporation

      भिजिट भिसा प्रकरणलाई लिएर सांसदहरुबीच चर्काचर्की

      - ३ हप्ता अगाडि
      जेष्ठ ३१,२०८२

      काठमाडौं, भिजिट भिसा प्रकरणलाई लिएर प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा सांसदहरुबीच चर्काचर्की परेको छ ।

      सिंहदरबारमा शुक्रबार बसेको बैठकमा रास्वपा सांसद गणेश पराजुलीको भनाइप्रति अन्य दलका सांसदहरुले आपत्ति जनाएपछि चर्को विवाद भएको हो । बैठकमा रास्वपा सांसद पराजुलीले राज्यका निकायको मिलोमतोमा नेपाल नागरिकहरु बेचिनुपरेकाले आफुहरुले छानबिन समितिको माग गरको धारणा राखेपछि विवाद चर्किएको थियो । 

      पराजुलीले भिजिट भिसा प्रकरणको विषय समितिमा प्रवेश गरिसकेकाले गृहमन्त्री र श्रममन्त्री आएर जवाफ दिनुपर्ने मागसमेत गरे । नेपाली कांग्रेसका सांसद राजु थापाले भिजिट भिसा प्रकरण अख्तियारले छानबिन गरिरहेकाले समितिको विषय नभएको बताए । अन्तिममा सांसद पराजुलीले मानव तस्करी प्रकरणमा समितिमा छलफल गर्नुपर्ने र गृहमन्त्री र श्रममन्त्री आएर जवाफ दिनुपर्ने माग दोहो¥याएका छन्  ।

        सम्बन्धित समाचारहरु