माघ ६,२०८२ / ०२ : ४७ पूर्वान्ह / 2026-01-20 02:47 am
      • param ad
      • furniture
      • veera Incorporation

      मधेसमा ६४ सडकमा एकसाथ पीच सुरु

      - २ हप्ता अगाडि
      जेष्ठ १९,२०८२

      काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेशको महत्वाकांक्षी र ठूलो लगानीमा निर्माण हुने ६४ पक्की सडक योजनाको डिजिटल माध्यमबाट शिलान्यास गरेका छन्।

      जनकपुरधाममा भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले एकैपटक ती आयोजनाहरूको शिलान्यास गरेका हुन्। मधेस प्रदेश सरकारले यी आयोजना ऐतिहासिक र गौरवपूर्ण भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीप्रति धन्यवाद प्रकट गरेको छ।

      भौतिक पूर्वाधार मन्त्रालयका अनुसार प्रदेशका आठ जिल्लाका ६४ प्रादेशिक निर्वाचन क्षेत्रका लागि पाँच–पाँच किलोमिटरका दरले कुल ३२० किलोमिटर लम्बाइका पक्की सडक निर्माण हुनेछन्। तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहितको कालोपत्रे सडक निर्माणका लागि कूल लागत १२ अर्ब ७० करोड रुपैयाँ हुने प्रदेश सरकारको भनाइ छ। सरकारका अनुसार यो योजना मधेसको भौतिक पूर्वाधार विकासमा मीलको पत्थर सावित हुनेछ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d