जेष्ठ ३०,२०८३ / ०४ : ५३ पूर्वान्ह / 2026-06-13 04:53 am
      • param ad
      • furniture
      • veera Incorporation

      वृद्ध भत्ताको उमेर ७० वर्ष, जेष्ठ नागरिकको हकमा ६८ वर्ष कायमै

      - १ वर्ष अगाडि
      जेष्ठ १६,२०८२

      काठमाडौं,सरकारले वृद्ध भत्ता पाउने उमेर बढाएको छ । बिहीबार संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट प्रस्तुत गर्दै उनले अब वृद्ध भत्ता पाउने उमेर ७० वर्ष कायम भएको बताएका हुन् ।  

      यसअघि यस्तो भत्ता ६८ वर्ष उमेर पुगेकाहरूले पाउँदै आएका थिए । ज्येष्ठ नागरिकलाई १०० रुपैयाँबाट शुरु भएको सामाजिक सुरक्षा भत्ता अहिले प्रतिव्यक्ति चार हजार रुपैयाँसम्म पु¥याइएको छ । नेपालमा हाल विभिन्न शीर्षकमा १० वटा विभिन्न वर्गले प्रत्येक महिना सामाजिक सुरक्षा प्रदान गरिँदै आएको छ । सामाजिक सुरक्षा भत्ताको भारको विषय अहिले चर्चामा छ ।

       यस विषयको बहस सार्वजनिक मञ्चदेखि संसद् हुँदै अदालतसम्म पुगेको थियो । वृद्ध भत्ताको उमेर ७० कायम राख्न चौतर्फी माग थियो । उच्चस्तरीय आर्थिक सुझाव आयोगले पाँच वर्षसम्म सामाजिक सुरक्षा भत्ता नबढाउन र भत्ता पाउने उमेर पनि बढाएर ७० वर्ष बनाउन सुझाव दिएको थियो ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d