काठमाडौं, आगामी आर्थिक वर्षको बजेटको आकार १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको हुने भएको छ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सो बताएका हुन् ।
उनले कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ अर्थात् ६०.१ प्रतिशत, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड अर्थात २०.८ प्रतिशत र वित्तीय व्यवस्थापतर्फ ३ खर्ब ७५ अर्ब २४ अर्थात् १९.१ प्रतिशत रहेको बताएका छन् । उनले आगामी आर्थिक वर्षका लागि गरिएको बजेटको अनुमान चालु आर्थिक वर्षको सुरुको अनुमान भन्दा ५.६ प्रतिशतले बढी र संशोधित अनुमानभन्दा १८.२ प्रतिशतले बढी हो ।
अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको बजेटको खर्च मध्ये राजस्वबाट १३ खर्ब १५ अर्ब र वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करोड रहेको उनले बताए । राजस्व र वैदेशिक सहायता परिचालन गर्दा नपुग हुने आन्तरिक ऋणबाट व्यहोरिने उनले बताए । सरकारले चालु आर्थिक वर्षमा १८ खर्ब ६० अर्ब ३० करोड बजेट विनियोजन गरेको थियो ।








