माघ ६,२०८२ / ०२ : ५० पूर्वान्ह / 2026-01-20 02:50 am
      • param ad
      • furniture
      • veera Incorporation

      राजावादी प्रदर्शनअघि एआईजीको यस्तो छ निर्देशन

      - ३ हप्ता अगाडि
      जेष्ठ १५,२०८२

      काठमाडौं,काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी टेकबहादुर तामाङले प्रदर्शन नियन्त्रणको क्रममा संयमता अपनाउन र मानवअधिकारको ख्याल गर्न निर्देशन दिएका छन् ।

      काठमाडौंमा राजावादी प्रदर्शनको अघिल्लो दिन मातहतका प्रहरी अधिकारीलाई निर्देशन दिँदै प्रदर्शनको क्रममा बल प्रयोग गर्नु पर्ने अवस्था आए मानव अधिकारको सम्मान गर्न निर्देशन दिएका हुन् । उनले सामूहिक भावनाले भीड नियन्त्रणमा खटिन पनि निर्देशन दिएका छन् ।

      एआईजी तामाङले काठमाडौं उपत्यकामा हुने कुनै पनि विरोध प्रदर्शनको कार्यक्रममा भिड नियन्त्रणमा अग्रपंक्तिमा खटिने प्रहरी कर्मचारीहरूलाई सामूहिक भावनाका साथ ऐक्यवद्ध प्रदर्शन गर्न भनेका छन् । साथै, उच्च मनोबलका साथ पूर्ण व्यावसायिक तवरले कार्य गर्न उनले निर्देशन दिएका छन् ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d