जेष्ठ १२,२०८३ / ०१ : २४ अपरान्ह / 2026-05-26 01:24 pm
      • param ad
      • furniture
      • veera Incorporation

      सगरमाथा आरोहीहरूको कुम्भ मेला ‘समिटर्स समिट’

      - ३ हप्ता अगाडि
      जेष्ठ १४,२०८२

      काठमाडौं,सगरमाथा आरोहण गर्ने विश्वका विभिन्न देशका १७० बढी आरोहीहरू काठमाडौंमा भेला भएका छन् ।

      सोल्टी होटलमा आयोजना गरिएको कार्यक्रमलाई ‘समिटर्स समिट’ नाम दिइएको छ । आयोजक ‘एभेरेस्ट अलायन्स नेपाल’का अनुसार यो ऐतिहासिक भेला हो ।  समिटर्स समिटमा लाइफ टाइम अवार्ड कान्छा शेर्पालाई दिएर सम्मान गरियो ।

      कान्छा सन १९५३ को प्रथम सफल सगरमाथा आरोहण दलका एक्ला जीवित अनुहार हुन । ९० कटेका कान्छा तेन्जिङ नोर्गे र एडमण्ड हिलरीसँगै आठ हजार मिटरसम्म भारी बोकेर पुगेका थिए । शारीरिक रूपमा कमजोर कान्छा कार्यक्रममा भौतिक रूपमा भने आएनन् ।

      कार्यक्रममा कान्छा शेर्पाको भिडिओ देखाइएको थियो ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d