असार ११,२०८२ / ०२ : ०३ पूर्वान्ह / 2025-06-25 02:03 am
      • param ad
      • furniture
      • veera Incorporation

      साउदीमा कामविहीन भएका नेपालीलाई स्वदेश फर्काउने पहल सुरू

      - एक हप्ता अगाडि
      जेष्ठ ३,२०८२

      काठमाडौं, नेपाली राजदूतावास साउदी अरेबियाले स्थानीय जुबेलस्थित सेन्दान इन्टरेनसनल कम्पनीमा कामविहीन भएका नेपाली कामदारलाई स्वदेश फर्काउनका लागि आवश्यक पहल थालेको छ । 

      रोजगारदाता कम्पनी टाट पल्टिने अवस्थामा पुगेपछि कामविहीन भएका ४६९ नेपाली नागरिकमध्ये केहीले तलबभत्ता उपलब्ध गराउन र नेपाल फिर्ता तथा अन्य कम्पनीमा स्थानान्तरणका लागि पहल गरिदिन अनुरोध गरेका थिए । साउदी अरबबाट नेपाल जान इच्छुक नेपाली श्रमिकलाई तत्काल बहिर्गमन भिसा जारी गरिदिन अनुरोध गर्दै आवश्यक पहल गरिसकिएको दूतावासले जनाएको छ । 

      समस्यामा परेका नेपाली नागरिकलाई धैर्यताका साथ रहन तथा खाना, आवास सम्बन्धी समस्या परेमा राजदूतावासमा सम्पर्क गर्न भनिएको छ । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d