असार ११,२०८२ / ०२ : ०२ पूर्वान्ह / 2025-06-25 02:02 am
      • param ad
      • furniture
      • veera Incorporation

      शुरु लुम्बिनी गुरुयोजना अझै भएन पूरा

      - एक हप्ता अगाडि
      वैशाख २८,२०८२

      काठमाडौँ, तत्कालीन राजा महेन्द्र शाहको पालामा शुरु भएको लुम्बिनी विकास गुरुयोजना अझैसम्म पूरा हुन सकेको छैन ।

      बारम्बार सरकार फेरबदलको असर, बजेट अभाव लगायतका कारणले गुरुयोजनाका काम पूरा हुन नसकेको लुम्बिनी विकास कोषका पदाधिकारीहरु बताउँछन् । संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव उथान्तले २३ अप्रिल सन् १९६७ मा लुम्बिनीलाई अन्तर्राष्ट्रियकरण गर्न गुरुयोजना बनाउने प्रस्ताव तत्कालीन राजा महेन्द्रसमक्ष राखेका थिए ।पछिल्लो ६ वर्षमा लुम्बिनी गुरुयोजनाको काम जम्मा ५ प्रतिशत मात्र बढेको छ । गुरुयोजनाका काम १७ वर्षमा अर्थात सन् १९९५ मा सम्पन्न भइसक्नुपर्ने उल्लेख थियो ।

      गुरुयोजनाले लुम्बिनीलाई सम्पूर्ण धर्मावलम्बीका लागि आकर्षक गन्तव्यको रूपमा विकास गर्ने लक्ष्य राखेको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d