काठमाडौं, जनता समाजवादी पार्टी (जसपा) नेपाल कोशी प्रदेशअन्तर्गतका चार जिल्ला समितिले अधिवेशनको कार्यतालिका सार्वजनिक गरेका छन् । प्रदेश अन्तर्गतका धनकुटा, सङ्खुवासभा, मोरङ र सुनसरी जिल्ला समितिको अधिवेशनको कार्यतालिका सार्वजनिक गरिएको पार्टी स्रोतले जानकारी दिएको छ ।
जसअनुसार धनकुटा जिल्लाको अधिवेशन शुक्रवार (वैशाख २६ गते), सङ्खुवासभा जिल्लाको अधिवेशन शनिवार, मोरङ जिल्लाको अधिवेशन वैशाख २९ र ३० गते र वैशाख ३० र ३१ गते सुनसरी जिल्ला अधिवेशनको आयोजना गरिएको बताइएको छ ।