फागुन २८,२०८२ / ०७ : ५३ पूर्वान्ह / 2026-03-12 07:53 am
      • param ad
      • furniture
      • veera Incorporation

      मोरङको आगलागीमा परेका भनिएका बालक सकुशल भेटिए )

      - २ हप्ता अगाडि
      चैत ४,२०८१

      मोरङको धनपालथान गाउँपालिकामा आगलागीका क्रममा बेपत्ता भनिएका बालक सकुशल फेला परेका छन् । 

      एक जना बालिकाको भने जलेको अवस्थामा शव फेला परेको छ । धनपालथान– ६ को कदमा गाउँमा मंगलबार दिउँसो सुरु भएको आगलागीमा परी दुई बालबालिकाको मृत्यु भएको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले बताएको थियो । तर, आगलागीमा परेको भनिएका बालक सम्पर्कमा आएको मोरङ प्रहरी प्रवक्ता डिएसपी बेदप्रकाश जोशीले बताए । अनित मियाकी ४ वर्षीय छोरी रेश्मा खातुनको शव फेला परेको छ । आगलागीमा परेको भनिएका अर्का ६ वर्षीय बालक अर्शद अली सम्पर्कमा आएका हुन् । उनी अनितका छोरा हुन् । प्रहरीका अनुसार बालक घर नजिकै बारीमा फेला परेका हुन् । 

      उनको अवस्था सामान्य छ । प्रहरीका अनुसार आज दिउँसो सुरु भएको आगलागीमा परी ९ वटा घर जलेका छन् । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d