असार ११,२०८२ / ०२ : ०४ पूर्वान्ह / 2025-06-25 02:04 am
      • param ad
      • furniture
      • veera Incorporation

      स्ववियु चुनाव : देशभरका ६४ मध्ये ३८ वटा आंगिक क्याम्पसमा मात्रै मतदान

      - ३ महिना अगाडि
      चैत ४,२०८१

      त्रिवि स्वतन्त्र विद्यार्थी युनियनको चुनाव ३८ वटा आंगिक क्याम्पसमा भएको छ । त्रिवि, केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्राध्यापक पशुपति अधिकारीका अनुसार ६४ मध्ये ३८ वटा आंगिक क्याम्पसमा चुनाव भएको हो । 

      बिहान ८ बजेदेखि ४ बजेसम्म मतदानको समय तोकिएको थियो । आज दुई वटा क्याम्पसमा चुनाव रोकिएको छ । मतदान सुरु भएर पनि पाटन संयुक्त क्याम्पस र पृथ्वीनारायण क्याम्पसमा रोकिएको हो । अधिकारीका अनुसार पृथ्वीनारायणमा भोलि मतदान हुने सहमति भएको छ । पाटनमा सहमतिको प्रयास भइरहेको छ । त्रिविका १ हजार ५३ वटा सम्बन्धन प्राप्त क्याम्पस छन् । 

      सम्बन्धन प्राप्त कतिवटा क्याम्पसमा चुनाव भयो यसबारे विवरण संकलन भइरहेको त्रिविले जनाएको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d