वैशाख ८,२०८३ / ०२ : ४२ अपरान्ह / 2026-04-21 02:42 pm
      • param ad
      • furniture
      • veera Incorporation

      प्रकृतिका बुवासँग प्रधानमन्त्री ओलीको टेलिफोन संवाद, सान्त्वना दिँदै सम्हालिन आग्रह

      - १ वर्ष अगाडि
      फागुन १३,२०८१

      प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा मृत फेला परेकी प्रकृति लम्सालका आमा–बुवासँग टेलिफोन सम्वाद गरेका छन् ।

      कुराकानीको क्रममा प्रधानमन्त्री ओलीले प्रकृतिका आमा–बुवालाई सान्त्वना दिँदै घटनाबाट आफूलाई निकै दुःख लागेको बताए । भइसकेको कुरा फर्काउन नसकिने र नहुने कुरा भइसक्यो भन्दै ओलीले सम्हालिन आग्रह गरे । कुराकानीको चाँजोपाँजो महेश बस्नेतले मिलाएका थिए । प्रधानमन्त्री ओलीले सुरुमा क्याम्पसको पछिल्लो अवस्थाबारे सोधेका थिए । प्रकृतिका बुवा सुनिलले क्याम्पसतिरको स्थितिबारे जानकारी नभएको बताउँछन् । उनले प्रकृतिको मृत्युको अनुसन्धान भने भइरहेको जानकारी पाएको बताए । 

      पोष्टमार्टम रिपोर्ट आइसकेको र फरेन्सिक जाँचको प्रगति भने थाहा नभएको प्रकृतिका बुवाले ओलीलाई जानकारी गराउँछन् । प्रकृतिका बुवा सुनिलले आगामी दिनमा यस्ता घटना नहोस् भनेर राज्यले पहल गरिदिनुपर्ने बताएका थिए । त्यसपछि प्रधानमन्त्री ओलीले घटनालाई सुरुदेखि नै चासोपूर्वक हेरिरहेको बताए । प्रधानमन्त्री ओलीले त्यस घटनाबारे निष्पक्ष छानबिनसहित र दोषीलाई कारबाही पनि हुने विश्वास व्यक्त गरेका छन् ।

        सम्बन्धित समाचारहरु