काठमाडौं, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले क्यानडा र मेक्सिकोमाथि घोषणा गरेको आयात शुल्कको कार्यान्वयन ३० दिन पछि सार्न सहमत भएका छन् ।
ट्रम्पसँगको टेलिफोन कुराकानीमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आप्रवासन नियन्त्रणका र फेन्टनिल (औषधि) को ओसारपसार रोक्न अमेरिकासँगको सीमामा कडाइ गर्न सहमति जनाएका हुन् । ट्रम्पसँग भएको सहमति अनुसार क्यानडाले सीमा हेर्नका लाग थप अधिकारी चयन गर्नेछ । यसैगरी, मेक्सिकोले सीमामा थप १० हजार सैनिक परिचालन गर्ने छ ।
ट्रम्प र चिनियाँ अधिकारीबीच भने अहिलेसम्म वार्ता भएको छैन । ती दुई देश बीचको नेतृत्वको पनि तत्काल वार्ता हुने अनुमान गरिएको छ । ट्रम्पले चीनसँग सहमति नभए अहिले निर्णय गरिएको थप १० प्रतिशत अतिरिक्त करको निर्णय भन्दा बढीको करको निर्णय हुनसक्ने बताएका छन् । अमेरिकाको व्यापार युद्ध तत्कलका लागि उत्तर अमेरिकी छिमेकीसँग रोकिए पनि युरोपेली युनियन र बेलायतसँग अब कता जाने भन्ने चासो भने थपिएको छ ।
क्यानडाको श्रम सङ्गठन युनिफोरको प्रमुख तथा प्रधानमन्त्री जस्टिन ट्रेडेउको निकटस्थ लाना पायनाले ३० दिनका लागि स्थगित भए पनि त्यस पछिको निर्णयमा चासो रहेको बताएकी छिन् । क्यानडाका सबै भन्दा ठुलो मजदुर सङ्गठन युनिफोरमा तीन लाख २० हजार सदस्य छन् ।