चैत ६,२०८१ / ०१ : २२ पूर्वान्ह / 2025-03-20 01:22 am
      • param ad
      • furniture
      • veera Incorporation

      सामाजिक सञ्जालमार्फत भ्रामक सूचना दिए पाँच लाख जरिबाना

      - २ हप्ता अगाडि
      माघ १५,२०८१

      सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्नेसम्बन्धी विधेयक संसद्मा दर्तागरेको छ । राष्ट्रियसभामा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विधेयक दर्ता गराएका हुन् ।

       विधेयकमा सामाजिक सञ्जालको दर्तादेखि नियमन र कानून उल्लङ्घन गर्नेलाई सजायसम्मको व्यवस्था रहेको छ । आज दर्ता भएको विधेयकमा फेसबुक, भाइबर ,ह्वाट्सएप, एक्सलगायत सामाजिक सञ्जालले नेपालमा सञ्चालन अनुमति लिनुपर्ने उल्लेख छ । संसद्बाट विधेयक पास भएर राजपत्रमा प्रकाशित भएको ६ महिनाभित्र सामाजिक सञ्जालहरू नेपालमा दर्ता हुनुपर्नेछ । सामाजिक सञ्जालमार्फत् कसैको मान प्रतिष्ठामा आँच पुग्ने, होच्याउने, ट्रोल बनाउन नपाइने व्यवस्था गरिएको छ । 

      भ्रामक सूचनाको दुष्प्रचार, सूचना तोडमोड गरी प्रसार गरेमा वा सेयर गरेमा ३ वर्षसम्म कैद र पाँच लाखसम्म जरिबानाको व्यवस्था गरिएको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d