चैत ६,२०८१ / १२ : २९ पूर्वान्ह / 2025-03-20 12:29 am
      • param ad
      • furniture
      • veera Incorporation

      १२ दिनमै प्रहरीले कसरी सक्यो ऋषिकेशका पूर्वस्वकीय सचिव विरुद्धको अनुसन्धान

      - ३ हप्ता अगाडि
      माघ ९,२०८१

      ठगी आरोपमा मुछिएका सार्वजनिक लेखासमिति सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिल पोखरेल विरुद्धको अनुसन्धान मोरङ प्रहरीले १२ दिनमै सकेको छ । अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइसकिएको छ । सामान्य मुद्दामा २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने प्रहरीले पोखरेलविरुद्धको आरोपमा भने १२ दिनमै अनुसन्धान सकेर मंगलबार प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको हो ।

      मोरङ प्रहरी प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले ठगी मुद्दा चलाउने रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको जानकारी दिए । ठगी आरोपमा पक्राउ पुर्जी जारी भएपछि २५ पुसमा पोखरेल आफैं जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएका थिए । स्वकीय सचिव पोखरेल अदालतमा उपस्थित हुनुभन्दा अघि सहकारी संस्थाको रकम अपचलनमा मुछिएकी लेखासमिति सभापति पोखरेलकी पत्नी अन्जला कोइराला प्रहरीमा हाजिर भएकी थिइन् । उमागौरी कृषि सहकारी संस्थाको बचत अपचलन मुद्दामा फरार रहेकी अन्जला पुस २४मा अदालतमा हाजिर भएकै दिन थुनछेक बहसपछि १० लाख धरौटीमा छुटेकी थिइन् । उनी छुटेको एक दिनपछि प्रहरीमा पुगेका पोखरेलका स्वकीय सचिवलाई भने ठगी मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरिएको थियो ।

       मोरङको रंगेली नगरपालिका २ घर भई काठमाडौं बस्दै आएका ४३ वर्षीय अनिलले पार्टीको कोटामा एमबीबीएस भर्ना गरिदिने भन्दै सप्तरीका बौआलाल चौधरीसँग विभिन्न मितिमा ३८ लाख ८० हजार रुपैयाँ लिएको आरोप छ । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d