चैत ६,२०८१ / १२ : २१ पूर्वान्ह / 2025-03-20 12:21 am
      • param ad
      • furniture
      • veera Incorporation

      मन्त्री यादवले खानेपानीको लागि यही वर्ष टेण्डर आह्वान गर्ने प्रतिबद्धता, साम्पाङलाई खुसी भएर फर्कन आग्रह

      - ३ हप्ता अगाडि
      माघ ८,२०८१

      काठमाडौं । खानेपानी मन्त्री प्रदिप यादवले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई धरानमा  खानेपानीको समस्या चाँडै समाधान हुने आश्वासन दिएका छन् ।

      खानेपानी मन्त्री  यादव भेट्न मन्त्रालय पुगेका  साम्पाङलाई मन्त्री यादवले  धरानमा खानेपानीको लागि  यही वर्ष टेण्डर निस्कने आश्वासन दिँदै खुसी भएर  धरान फर्कन आग्रह गरेका हुन् ।

      मन्त्री यादवले आफू धरानवासीप्रति सधैँ सकारात्मक रहेको  बताउँदै खानेपानीको समस्या समाधानका लागि एकीकृत खानेपानी आयोजना अन्तर्गत एसियाली विकास बैंक को ऋण सहयोगमा यस वर्षभित्र खानेपानी सम्बन्धी टेण्डर आह्वान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

      उता, गाग्री लिएर प्रदर्शन गर्दै पुगेका मेयर साम्पाङले धरानमा खानेपानीको समस्या समाधान हुनेमा आफू सकारात्मक भएको बताए । उनले प्रहरीले गाग्राी खोसेको विषय सामान्य भएको प्रतिक्रिया दिए ।

      पत्रकारहरुले उनलाई प्रहरीले खोसेर राखेको गाग्री लिएर जाने कि छोड्ने भन्दै प्रश्न गर्दा उनले गाग्री लिएरै जाने बताए ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d