धरानलाई खानेपानी माग्दै रित्तो गाग्री बोकेर काठमाडौं पुगेका धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङ सिंहदरबारस्थि खानेपानी मन्त्रालयमा पुगेका छन् । उनी संघीय सरकारले धरानको खानेपानी समस्या समाधान नगरेकाले दबाब दिन भन्दै रित्तो गाग्री बोकेर सोमबार काठमाडौं पुगेका हुन् ।
आज रित्तो गाग्रीसहित सिंहदरबार छिर्ने तयारी गरेको भए पनि उनी खानेपानी मन्त्रालयभित्र गाग्रीविनै पुगेका छन् । यस अघि रित्तो गाग्री लिएर सिंहदरबार प्रवेश गर्न लागेका साम्पाङलाई प्रहरीले रोकेको थियो । त्यसपछि उनले गाग्री प्रहरीको जिम्मा लगाएर भित्र प्रवेश गरेका थिए ।
साम्पाङले रित्तो गाग्रीसहित सिंहदरबार प्रवेश गर्ने चुनौती दिएपछि सुरक्षा व्यवस्था कडा पारिएको थियो । उनले यसअघि धरानको भानुचोकमा रितो गाग्री बोकेर प्रदर्शन गरेका थिए ।