चैत ६,२०८१ / ०१ : ४८ पूर्वान्ह / 2025-03-20 01:48 am
      • param ad
      • furniture
      • veera Incorporation

      आशिका तामाङ थप पाँच दिन हिरासतमा

      - ३ हप्ता अगाडि
      माघ ८,२०८१

      काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङमाथि अनुसन्धान गर्न प्रहरीले थप पाँच दिनको समय पाएको छ । यही माघ २ गते स्वयम्भूबाट पक्राउ गरिएकी आशिकामाथि अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले पहिलोपटक पाँच दिनको म्याद दिएको थियो ।

      पहिलोपटकको म्याद सोमबार सकिए पछि प्रहरीले सोमबारै उनलाई दोस्रोपटक म्याद थपका निम्ति जिल्ला प्रशासन कार्यालयमा पेस गरेको थियो ।

      सोमबार प्रशासनले पुनः पाँच दिनको म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए । आशिकाविरुद्ध प्रहरीले अभद्र मुद्दामा अनुसन्धान गरिरहेको छ । पुस २६ गते पशुपति क्षेत्र विकास कोषका कर्मचारी र महिला प्रहरीमाथि दुव्र्यवहार गरेको उनीविरुद्ध आरोप छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d